प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मकवानपुरमा भ्यान दुर्घटना हुँदा ४ जना घाइते

२०८१ जेठ २, बुधबार १९:०४ बजे

हेटौंडा – मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका–१ मार्खुस्थित फर्पिङ कुलेखानीमा भ्यान गाडी आफै अनियन्त्रित भएर दुर्घटना हुँदा चार जना घाइते भएका छन् ।

घाइते हुनेहरुमा भ्यान चालक चितवनको भरतपुर नगरपालिका–७ बस्ने बर्ष ३७ को मन्जित साह, भ्यानमा सवार मकवानपुर ईन्द्रसरोवर गाउँपालिका–१ बस्ने बर्ष १९ को धनराज बल, सोही स्थान बस्ने वर्ष २० को सन्तोश रुम्बा र १९ बर्षीय दिल कुमार थिङ रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार काठमाडौंबाट मार्खु तर्फ आउदै गरेको बा ६ च १२४ नम्बरको भ्यान गाडी आफै अनियन्त्रित भएर सडकबाट २० फिट तल खेतमा खसेर दुर्घटना हुँदा चार जना घाइते भएका हुन् । घाइतेहरुलाई उपचारको लागी काठमाण्डौ ट्रमा सेन्टर पठाईएको प्रहरीले जनाएको छ ।