प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

आज सोनाम ल्होसार: मकवानपुरमा विशेष कार्यक्रम गरी मनाउँदै

२०७९ माघ ८, आईतबार ०५:५३ बजे

हेटौंडा – तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ। यस अवसरमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका सहित बिभीन्न स्थानीय तहमा बिशेष कार्यक्रम गरी मनाइँदैछ।

मञ्जुश्री पात्रोअनुसार आजदेखि २८५९ औँ वर्ष शुरु हुन्छ।आजदेखि मुसा वर्ष पूरा गरी गाई वर्ष प्रवेश हुन्छ। प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार पर्व मनाइन्छ। मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ।

ल्होसारका १२ वटै वर्ष पशुपक्षीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाताको भनाई छ । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ। यस वर्ष आईतबार मनाइने पर्वका अवसरमा सरकारले देशभर सार्वजनिक बिदा दिएको छ।