प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

नवौं राष्ट्रिय खेलकुद: अन्जन र सुनिलको गोलमा बागमतीको जित

२०७९ आश्विन २७, बिहीबार १३:५० बजे

हेटौडा – नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबल खेलमा बागमती प्रदेश विजयीको छ । पोखराको गोस्टेघाट खेलमैदानमा बिहीबार भएको दोस्रो खेलमा बागमतीले मधेश प्रदेशलाई २–० गोल अन्तरले पराजित गरेको हो ।

खेलको पहिलो हाफ गोलरहित बराबरीमा रोकिएपनि बागमतीले दोस्रो हाफमा २ गोल गर्दै सहज जित निकालेको हो । बागमतीका लागि अञ्जन विष्ट र सुनिल बलले गोल गरे ।

खेलको ३९ औं मिनेटमा सुनिलको गोलबाट बागमतीले अग्रता लिएको थियो । ४५औं मिनेटमा अञ्जन विष्टले पेनाल्टीमार्फत गोल गर्दै बागमतीको अग्रता दोब्बर पारे ।

खेलको पहिलो हाफमा मधेश प्रदेशले बागमतीलाई दबाबमा राखेपनि गोल गर्न नसक्दा हार बेहोर्न पुग्यो । समय अभावका कारण खेल ७० मिनेट खेलाइएको थियो । पहिलो खेल निर्धारित समयभन्दा झन्डै २ घन्टा ढिला गरी सुरु हुँदा त्यसको प्रभाव दोस्रो खेलमा पनि देखिएको थियो ।

बिहिबारको पहिलो खेलमा एनआरएनएले प्रदेश नम्बर १ लाई २–० गोलअन्तरले पराजित गरेको थियो । प्रतियोगिता अन्तरगत शुक्रबारको पहिलो खेल लुम्बिनी प्रदेश र त्रिभुवन आर्मीबीच र दोस्रो कर्णाली र सुदुरपश्चिमबीच हुनेछ ।