प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

विमलको राष्ट्रिय टोलीमा डेब्यु, तीनै मकवानपुरे फुटबलर नेपालको सुरुवाती ११ मा

२०८० जेठ ३२, बिहीबार १०:३० बजे

हेटौंडा – गत जेष्ठ २५ गते अखिल नेपाल फुटबल संघ(एन्फा) साफ च्याम्पियनसिप खेल्ने २३ सदस्यीय टोली घोषणा गरेको थियो । उक्त टोलीमा मकवानपुरका अन्जन विष्ट, आयुष घालन र विमल पाण्डे परेका थिए ।

तीन मध्ये विमलले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका  हुन् । यो खबरले मकवानपुरे फुलबलप्रेमि खेलकुद समर्थकहरु खुशि भएका थिए । उनीहरु विमलले राष्ट्रिय टिमबाट डेब्यू गरेको मात्रै होइन् अन्जन, आयुष र विमल एकैसाथ राष्ट्रिय टोलीको जर्सीमा मैदान उत्रिएको हेर्न चाहान्थे ।

मकवानपुरे समर्थकको त्यो इच्छ्या पुरा हुने भएको छ । डिफेन्डर विमल पाण्डेले फिलिपिन्सविरुद्ध मैत्रीपूर्ण खेलबाट डेब्यू गर्दैछन् भने सोही खेलमा मकवानपुरका तीनै खेलाडी एकैसाथ राष्ट्रिय टोलीको जर्सीमा मैदानमा उत्रिदै छन् ।

फिलिपिन्सविरुद्धको मैत्रीपूर्ण खेलमा सुरुआती–११ मा अन्जन, आयुष र विमल परेका छन् । फरवार्ड लाइन सम्हाल्ने जिम्मा आयूष घलान, नवयुग श्रेष्ठ र अन्जन विष्टलाई दिईएको छ भने टोलीको कप्तानी गोलरक्षक किरण चेम्जोङले गर्ने छन् ।

त्यस्तै, डिफेन्समा विमल पाण्डे, सशिष श्रेष्ठ, अनन्त तामाङ र रोहित चन्द्र रहेका छन्। मिडफिल लाइनमा पुजन उपरकोटी, एरिक विष्ट र लोकेश लिम्बु रहने छन् ।

मिडफिल्डर लाकेन लिम्बु पनि राष्ट्रिय टोलीको जर्सीमा पहिलो पटक मैदान उत्रिदै छन् । रिजल मेमोरियल स्टेडियममा हुने नेपाल र फिलिपिन्सबीचको खेल नेपाली समय अनुसार दिउँसो ४:४५ बजे सुरु हुनेछ ।

भारतको भारतमा हुने १४ औं संस्करणको साफ च्याम्पियनसिपको तयारी अन्तर्गत नेपालले फिलिपिन्ससँग खेल्न लागेको हो । बेंगलुरुमा आयोजना हुने साफ असार ६ देखि १८ गतेसम्म हुनेछ ।