हेटौंडा – नक्कली नोटसहित मकवानपुरका एक जना पक्राउ परेका छन् । ललितपुर महानगरपालिका– ४ ईमाडोलबाट मकवानपुरगढी गाउँपालिका-१ स्थायी घर भएका ४२ वर्षीय प्रशान्त भन्ने पासाङ भोम्जन पक्राउ परेका हुन् ।
काठमाडौं उपत्यकाको विभिन्न स्थानहरुमा नक्कली नोटहरुको कारोबार भइरहेको छ भन्ने विशेष सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवन काठमाडौंबाट खटिएको प्रहरीले भोम्जनलाई पकाउ गरेको हो । उनको साथबाट ५ सय रुपैयाँ दरका १ सय ६० थान नक्कली नोट बरामद गरिएको प्रहरीले जनाएको छ ।
उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ ।