हेटौंडा – घरको बरण्डामा प्लाष्टर गर्ने क्रममा लडेर धादिङमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धादिङ, त्रिपुरासुन्दरी गाउँपालिका घर भएका अन्दाजी ४५ वर्षीय मनोज कार्की रहेका छन् ।
धादिङ धुनिवेशी नगरपालिका–३, नयाँ गाउँका कल्याण बस्नेतको घरको बरण्डामा प्लाष्टर गर्ने क्रममा कार्की अचानक लडेर घाइते भएका थिए । उनको काठमाण्डौं स्थित ट्रमा सेन्टर उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस घटना सम्बन्धमा प्रहारीले थप अनुसन्धान कार्य गरिरहेको प्रहरीले जनाएको छ ।