प्रहर खबर
 २०८० जेठ २०, शनिबार    

हाईड्रोपावरमा एक जना कामदारको मृत्यु

२०७९ चैत्र ८, बुधबार २०:३१ बजे

हेटौंडा – रसुवाको गोसाईकुण्ड गाउँपालिका–२, तातोपानी टिमुरेस्थित चाईना ईन्टरनेशनल वाटर कर्पोरेसन हाईड्रोपावरमा एक जना कामदारको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कैलाली, टिकापुर नगरपालिका–१ स्थायी घर भएका ४८ वर्षीय सुधिराम चौधरी रहेका छन् । प्रहरीका अनुसार उनी काम गर्ने क्रममा अन्दाजी १४ फिट माथिबाट खस्दा घाईते भएका थिए ।

तत्काल उद्धार गरी स्थानिय अस्पतालमा उपचार गराएर थप उपचारको लागि सानेपास्थित स्टार अस्पतालमा ल्याइएकोमा उपचार गर्ने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।