प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

मकवानपुरमा राति ९ बजेपछि देउसी भैलो खेल्न नपाइने

२०७९ कार्तिक ६, आईतबार ०९:२४ बजे

हेटौंडा – नेपालीको दोस्रो ठूलो पर्व तिहारका अवसरमा खेलिने देउसी–भैलोलगायतका कार्यक्रम मकवानपुरमा राति ९ बजेपछि खेल्न नपाइने भएको छ। जिल्ला प्रशासन कार्यालय मकवानपुरले देउसी/भैलो लगायतका सास्कृतिक कार्यक्रम राति ९ बजेपछि नगर्न अनुरोध गरेको हो।

गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासनलाई परिपत्र गरेर आ–आफ्नो जिल्लागत वस्तुस्थिति र सुरक्षा अवस्था हेरेर देउसी/भैलो कार्यक्रम गर्न समयसीमा राख्ने/नराख्नेबारे निर्णय गर्ने जिम्मा सम्वन्धित जिल्ला प्रशासनलाई नै दिएको थियो ।

जिल्ला प्रशासन कार्यालयका प्रमुख प्रशासकिय अधिकृत सरोज प्रसाद पौडेलले आइतबार सुचना जारी गरी देउसी–भैलो लगायतका सांस्कृतिक मनोरञ्जनात्मक क्रियाकलापहरु राति ९ बजेसम्म मात्रै सञ्चालन गर्न आग्रह गरेका हुन् । साथै, दीपावलीको अवसरमा भुइँचम्पा, पटका, आतसबाजीलगायतका विस्फोटक पदार्थको प्रयोग नगर्न आग्रह समेत गरिएको छ ।

विस्फोटक पदार्थको उत्पादन, आयात, निर्यात तथा बिक्री-वितरण नगर्न आग्रह गर्दै प्रशासनले निषेधित कार्यमा संलग्न भएको पाइएमा कारबाही गर्ने चेतावनी दिएको छ।