प्रहर खबर
 २०८३ श्रावण ७, बिहीवार    

मकवानपुरमा रोकिएको राष्ट्रिय परिचयपत्र विवरण संकलन सोमबारबाट सुचारु हुने

२०७९ असार ५, आईतबार ०९:२८ बजे

हेटौंडा – मकवानपुरमा चट्याङका कारण स्थगत भएको राष्ट्रिय परिचयपत्रको विवरण संकलन सोमबारबाट सुचारु हुने भएको छ ।

मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले आइतबार एक सुचना जारी स्थगन भएको राष्ट्रिय परिचय पत्रको विवरण संकलन असार ६ गते सोमबारबाट सुचारु हुने जानकारी दिएका हुन् ।

यही असार १ गते बर्षासंगै परेको चट्याङको कारण जिल्ला प्रशासन कार्यालय मकवानपुरमा रहेको राष्ट्रिय परिचयपत्र दर्ता स्टेशनको मेशिन विग्रिएको थियो ।

jipaka suchana