हेटौंडा – मकवानपुरगढी गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा गठबन्धनको उम्मेदवारहरुको अग्रता कायमै रहेको छ । पालिकाको वडा नंं.१ र ८ को मत गणना सकिएको छ भने ७ र २ को मत गणना जारी छ ।
पछिल्लो अपडेट अनुसार अध्यक्षमा नेपाली कांग्रेसका दोर्जे लामा स्याङ्तान २ हजार २०७ मत प्राप्त गरेका छन् । उनका निकटतम् प्रतिद्वन्दी नेकपा एमालेका विदुर हुँमागाईले १ हजार २११ मत लिएर पछ्याईरहेका छन् ।
त्यस्तै उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी मानकुमारी नेपाली (पाख्रिन)ले १ हजार ९२५ मत प्राप्त गरेकी छन् । उनका निकटतम् प्रतिद्वन्दी नेकपा एमालेकी सन्तु थिङले १ हजार १७९ मत सहित पछ्याउँदै छिन् ।
वडा नं.१ र ८ मा नेपाली कांग्रेसका उम्मेदवार विजयी भइसकेका छन् ।
मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ को ७००मत गन्दा
गापा अध्यक्ष
नेका ३७७
एमाले २३४
उपाध्यक्ष
माओ ३२०
एमाले १९९
वडा अध्यक्ष
नेका ३५८
एमाले २०७
माओ १००
मकवानपुरगढी गाउँपालिका वडा नम्बर ७ को ७००मत गन्दा
गापा अध्यक्ष
नेका ३९८
एमाले १९७
उपाध्यक्ष
माओ ३८७
एमाले १८७
वडा अध्यक्ष
नेका २८९
एमाले १८५
माओ १६५