प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हेटौंडामा सवारी दुर्घटना हुँदा तीन जना घाइते

२०८१ कार्तिक १९, सोमबार १९:२२ बजे

हेटौंडा – हेटौंडामा दुई स्थानमा सवारी दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । हेटौडा उपमहानगरपालिका वडा नम्बर–३ लेवटचोकमा मोटरसाइकल दुर्घटना हुँदा दुइ जना घाइते भएका छन् ।

पुर्व–पश्चिम सडक खण्ड अन्तरगत लेवटबाट हेटौडा तर्फ जादै गरेको ना ५५ प ९७२५ नंबरको मोटरसाइकलले पैदल यात्री स्थानीय ५० वर्षकी मैया महतलाई ठक्कर दिई घाइते भएकी हुन् । मोटरसाइकल दुर्घटनामा मोटरसाइकल चालक ५२ वर्षिय राम कृष्ण ढुङ्गाना पनि घाइते भएका छन् ।

यसैगरी हेटौडा उपमहानगरपालिका वडा नम्बर–४ सानोपोखरा कान्तिकोलपथ सडक खण्डमा बा ६१ प १३९५ नंबरको स्कुटर आफै अनियन्त्रित भई दुर्घटना हुँदा स्कुटर चालक मकवानपुरगढी गाउँपालिका वडा नम्बर–३ मक्रानचुली बस्ने २६ वर्षिय सरोज वाईबा घाइते भएका छन् । घाइतेहरुको हेटौंडा अस्पताल र चुरेहिल अस्पतालमा उपचार भइरहेको छ ।