प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

महिला टी–२० विश्वकपको उपाधि भिडन्त आज

२०८१ कार्तिक ४, आईतबार ०७:०१ बजे

काठमाडौं – महिला टी–२० विश्वकपको उपाधि भिडन्त आज हुँदैछ। फाइनलमा न्युजिल्यान्ड र दक्षिण अफ्रिका आज राति पौने ८ बजे दुबईमा उपाधि भिडन्तका लागि आमने–सामने हुँदैछन्। फाइनलपछि महिला टी–२० विश्वकपमा नयाँ च्याम्पियनको उदय हुनेछ।

न्युजिल्यान्डले शुक्रबार राति वेस्ट इन्डिजलाई आठ रनले हराएर फाइनलमा स्थान बनाएको हो। न्युजिल्यान्ड १४ वर्षपछि टी–२० महिला विश्वकपमा पहिलो पटक फाइनलमा पुग्यो।

यसअघि सन् २००९ र २०१० मा न्युजिल्यान्ड फाइनलमा निराश भएको थियो। यसअघि दक्षिण अफ्रिकाले पहिलो सेमिफाइनलमा उपाधि दाबेदार अस्ट्रेलियालाई सहजै आठ विकेटले हराएको थियो। छ पटकको विजेता अस्ट्रेलिया लगातार चौथो पटक टी–२० महिला विश्वकप जित्ने दाउमा थियो।