प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मकवानपुर गोल्डकप: क्यामरुनी टोली सेमिफाइनलमा

२०७९ जेठ २६, बिहीबार १३:५३ बजे

हेटौंडा – एभिनियर फुटबल क्लब क्यामरुन चौथो स्थानीय तह सहीद स्मृति अन्तराष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा भएको प्रतियोगिताको अन्तिम क्वाटरफाइनल खेलमा एभिनियरले बी डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज क्लबलाई ४–० गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो ।

अब एभिनियर एफसीले फाइनल प्रवेशको लागि जेठ २८ गते साविक बिजेता त्रिभुवन आर्मी क्लबसंग प्रतिस्पर्धा गर्नेछ । खेल दिउँसो तीन बजेबाट सुरु हुनेछ ।

यसअघि चर्च ब्वाईजले विएफसी चितवनलाई पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको थियो भने एभिनियर एफसीले सिधै क्वाटरफाइनलमा स्थान पाएको थियो ।

मकवानपुरको १० पालिकाको सहयोग र फुटबल संघ मकवानपुरको आयोजना भएको प्रतियोगितामा विजेताले १५ लाख र उपविजेता टोलिले १० लाख प्राप्त गर्ने छन् ।

त्यस्तै विधागत उत्कृट हुने प्रशिक्षक र खेलाडीले जनही २५–२५ हजार प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीले बुलेट मोटरसाइलक प्राप्त गर्नेछ ।

१२ टोलीको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल जेठ ३० गते हुनेछ ।