प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

हेटौंडामा करेन्ट लागेर एक जनाको मृत्यु

२०७९ पौष २५, सोमबार ०१:१५ बजे

हेटौंडा – मकवानपुरको हेटौंडा उमहानगरपालिका–१७ स्थित कर्रा जोडधारा खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गुरौँ खोला बस्ने १८ वर्षीय अमृत तामाङ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

माछा मार्नको लागि करेण्ट मिलाउने क्रममा अचानक करेन्ट लागेर घाइते भएका तामाङलाई उपचारका लागि हेटौंडा अस्पताल ल्याएकोमा उपचारको क्रममा डाक्टरले मृत्यु घोषणा गरेको मकवानपुर प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीले जानकारी दिए ।