प्रहर खबर
 २०८१ जेठ १, मंगलबार    

प्रशिक्षण दिन प्रचण्ड समुह आज हेटौंडा आउँदै

२०८० भाद्र २४, आईतबार ०३:२० बजे

हेटौंडा – समाजवादी मोर्चाको बागमती प्रदेश स्तरीय सन्देश सभा आज आइतबार हेटौंडामा हुँदैछ । शनिबार मकवानपुरमा पत्रकार सम्मेलनमार्फत नेकपा (एकीकृत समाजवादी), बागमती प्रदेश कमिटीकी अध्यक्ष सावित्रा भुसालले आज हुने सभाको तयारी पूरा भएको जानकारी दिइन् । उनका अनुसार हेटौंडा स्थित रोयल पार्टी प्यालेसमा हुने सभा दिउँसो १२ बजेबाट सुरु हुनेछ ।

सातै प्रदेशमा सन्देश सभाको कार्यक्रम तय भएको र सोही अनुसार बागमती प्रदेशको हेटौंडामा सभा हुने अध्यक्ष भुसालले जानकारी दिइन्। आइतबार नै समाजवादी मोर्चाको बागमती प्रदेश कमिटीको घोषणा गर्नेसमेत तयारी छ।

भेलालाई प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव, नेकपाका महासचिव नेत्रविक्रम चन्दलगायतले समाजवादी मोर्चाको अवधारणाबारे कार्यकर्तालाई प्रशिक्षण दिने कार्यक्रम रहेको प्रदेश अध्यक्ष भुसालले बताइन्।