प्रहर खबर
 २०८३ कार्तिक ५, बुधवार    

बसको छतबाट खसेर एक युवतीको ज्यान गयो

२०७९ बैशाख १६, शुक्रबार ११:५६ बजे

हेटौंडा – बसको छतबाट खसेर एक युवतीको ज्यान गएको छ । नुवाकोटको बेलकोटगढी नगरपालिका १ डाँडाखर्कमा शुक्रबार बसको छतबाट खसेर स्थानीय २१ वर्षीया सुसिका तामाङको ज्यान गएको हो ।

नुवाकोटबाट काठमाण्डौ आउँदै गरेको बा २ ख ४९८१ नम्बरको बसको छतबाट खसेर बिहान पौने ९ बजे सोही बसको चक्काले किच्दा तामाङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । बस चालक फरार रहेकाले खोजी भइरहेको प्रहरी चौकी कुमरीले जनाएको छ ।