हेटौंडा – मकवानपुर प्रहरीले भन्सार छलि गरेर ल्याएको सामाग्री बरामद गरेको छ । हेटौंडा उपमहानगरपालिका वडा नं.१५ रातोमाटे चेकप्वाईन्टबाट शुक्रबार करिब ८ लाख मुल्य बराबरको मालसामान बरामद गरेको हो ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत वीरगञ्जबाट हेटौंडा आउदै गरेको प्रदेश २–०३–००१च ६२९५ नम्बरको सानो डिब्बा गाडी चेक गर्दा बिल बिजक नभएको ४५३ थान साडी, ९३ थान सर्ट, १५३ थान कुर्ता सेट, १४२ थान सल,१८५ थान टप्स सेट, ५ थान सिंगल टप्स, ६१ थान सुरुवाल बरामद गरिएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।
उक्त कपडाहरु र गाडीको चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।