प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

सयपत्री फुल किसान मकवानपुरका चौलागाईको नेतृत्वमा तदर्थ समिति गठन

२०८० फाल्गुन १९, शनिबार १८:०५ बजे

हेटौंडा – सयपत्री फुल उत्पादक किसानको राष्ट्रिय भेला हेटौंडामा शनिबार सम्पन्न भएको छ । भेलाले मकवानपुरका फुल किसान बालकृष्ण चौलागाईको अध्यक्षतामा ११ सदस्यीय तदर्थ समिति गठन गरिएको छ ।

पुष्प अभियन्ता मोहनविक्रम सिलवालको अध्यक्षता तथा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितबहादुर घलानको प्रमुख आतिथ्यमा भेलाको उद्घाटन कार्यक्रम भएको थियो । गत तिहारमा नेपाली किसानले उत्पादन गरेको फुलले बजार नपाएको सन्दर्भलाई लिएर किसानहरु एकतावद्ध हुने प्रयास गरेका हुन् । जिल्ला समन्वय समिति मकवानपुरको सभाहलमा भएको भेलाको अवसरमा सयपत्री फुल उत्पादनको सम्भावना र चुनौति विषयमा अन्तरक्रिया गरिएको चौलागाईले जानकारी दिए ।

बागमती, मधेश र गण्डकी प्रदेशका किसानको बाहुल्यता रहेको भेलाले गठन गरेको तदर्थ समितिले एक वर्षभित्र देशभरका किसानलाई समेटेर अधिवेशन गर्ने निर्णय गरेको चौलागाईले बताए ।