प्रहर खबर
 २०८० चैत्र १५, बिहीबार    

हेटौंडाको डिजास्टर रिकभरी केन्द्रमा आगलागी

२०७९ आश्विन ९, आईतबार १५:०३ बजे

हेटौंडा– मकवानपुरको हेटौंडा उपमहानगरपालिका ४ हुप्रा चौरमा रहेको डिजास्टर रिकभरी केन्द्र (डाटा सेन्टर) मा आगलागी भएको छ । सरकारी कार्यालयहरुको बिभीन्न डाटा राख्दै आएको केन्द्रमा आईतबार दिउँसो आगलागी भएको हो ।

आगलागीका कारण निकै क्षेती पुगेको प्रहरीले जनाएको छ । दिउँसो करिब ३ बजे सेन्टर इलेक्ट्रिक रुमबाट विद्युत् सर्ट भई आगलागी भएको हो । डाटा सेन्टरमा लागेको आगो हेटौंडा उपमहानगरपालिकाको दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी सहितको टोलीले करिब दुई घण्टापछि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

डाटा सेन्टरको ब्याट्री राख्ने कोठाबाट आगो लागेको हो । आगो लागिबाट भएको क्षतिको विवरण कार्यकारी निर्देशक प्रदीप शर्मा पौडेलको नेतृत्वमा संकलन गरिरहेको बताईएको छ । आगलागीबाट ब्याट्री र अरू संरचनामा क्षति पुगे पनि सरकारी डाटाको भण्डारण रहेको स्थान भने सुरक्षित रहेको छ ।