प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मतान्तार बढाउँदै रबि लामिछाने

२०७९ मंसिर ६, मंगलबार ११:२८ बजे

भरतपुर – चितवन– २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले करीब एक हजार मतको अग्रता लिएका छन्।

मंगलबार साँझ ५ बजेसम्मको मतगणना अनुसार, लामिछानेले पाँच हजार १२८ मत पाएका छन्। उनका प्रतिस्पर्धी नेकपा ९एमाले०का कृष्णभक्त पोखरेलले चार हजार १६६ मत पाएका छन्।

त्यस्तै, गठबन्धनबाट नेपाली कांग्रेसका उमेश श्रेष्ठ तेस्रो नम्बरमा छन्। उनले तीन हजार ७०६ मत पाएका छन्।