हेटौंडा – मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । चितवनको भरतपुर महानगरपालिका ५ नयनचोकमा ना ६३ प ९३०३ नम्बरको मोटरसाइकलले ना ३८ प ७८७६ नम्बरको स्कुटरलाई ठक्कर दिंदा हेटौंडा उपमहानगरपालिका १९ का २० वर्षीय बिशेष दाहालको मृत्यु भएको हो ।
गएराति बिशालचोकबाट जानकी चोकतर्फ जाँदै गरेको मोटरसाइकलले बिपरित दिशाबाट आउँदै गरेको स्कुटरलाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएका दाहालको उपचारका क्रममा कलेज अफ मेडिकल साईन्स अस्पताल भरतपुरमा मृत्यु भएको हो ।दुर्घटना पश्चात् फरार भएका मोटरसाइकल चालकको खोजी भइरहेको वडा प्रहरी कार्यालय नारायणगढले जनाएको छ ।