हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं.७ नागस्वती चोकमा बुधबार बिहान इलोक्ट्रोनीक गाडी र स्कुटर दुर्घटना हुँदा एक जना घाइते भएका छन् । घाइते हुनेमा स्कुटर चालक हेटौंडा उपमहानगरपालिका वडा नं.७ बस्ने ४० बर्षीया बिन्दा सुबेदी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
हेटौंडा बजारबाट नागस्वतितर्फ जादै गरेको ना.८७८६ नम्बरको स्कुटर र कमानेबाट हेटौंडातर्फ जादै गरेको बा.प्र.०३–००१ च.४०२ ईलेक्टिक गाडी एकआपसममा ठोक्किँएर दुर्घटना हुँदा सुवेदी घाइते भएकी थिइन् । उनको सञ्चो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।ईलेक्ट्रिक गाडी चालक हेटौंडा–१५ रातोमाटे बस्ने ३५ बर्षीय हेमन्त बिक्रम लामालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।