प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मकवानपुरका अधिकारी र बस्नेत पक्राउ

२०८१ कार्तिक १, बिहीबार २०:५० बजे

हेटौंडा – काठमाडौं चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध खैरो हेरोइन ५ ग्राम सहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मकवानपुर थाहा नगरपालिका–६ बस्ने २२ वर्षीय सरोज अधिकारी र थाहा नगरपालिका–९ बस्ने २९ वर्षीय भुपेन्द्र बस्नेत रहेका छन् ।

प्रहरी प्रभाग नागढुंगा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरीले काकडभिट्टाबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०१-००६ ख ७३३६ नम्बरको बसलाई बिहीबार बिहान जाँच गर्ने क्रममा बसमा सवार अधिकारीलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

साथै थप अनुसन्धानको क्रममा बस्नेत उक्त पदार्थ रिसिभ गर्न आउने खुल्न आएपछि उनलाई काठमाडौं चन्द्रागिरी नगरपालिका–१ दह चोकबाट प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।