हेटौंडा – बागमती प्रदेशका पूर्व मुख्यमन्त्री तथा नेकपा एमालेका नेता डोरमणि पौडेलको गृह वडा हेटौंडा उपमहानगरपालिका–११ को मत गणना जारी छ । पछिल्लो अपडेट अनुसार सो वडामा ६०० मतगणनाको परिणाम सार्वजनिक भएको छ ।
प्रारम्भिक मतपरिणाम अनुसार मेयरमा राप्रपाका उम्मेदवार दिपक बहादुर सिंहले सुरुवाती अग्रता लिएका छन् । त्यस्तै उपमेयरमा गठबन्धनतर्फबाट नेपाली कांग्रेसका राजेश बानियाँको अग्रता रहेको छ भने वडाअध्यक्षमा नेकपा एमालेकी जुना दाहालले अग्रता लिएकी छन् ।
हेटौंडा उपमहानगरपालिका वडा न ११ को ६०० मतगणनाको परिणाम
#मेयर
कलम : १६९
एमाले: १५१
राप्रपा : १८९
#उपमेयर
गठबन्धन: २१७
एमाले: २०३
राप्रपा :४९
#वडा अध्यक्ष
एमाले: २१६
माओवादि: १७२
धारो: ९४