हेटौंडा – जिल्ला प्रहरी कार्यालय मकवानपुरले हराएका ११ थान मोबाइल र नगद बरामद गरी सम्बन्धित धनीलाई जिम्मा लगाएको छ। प्रहरीले मंगलबार हराएका ती मोबाइल र नगद सम्बन्धित धनीलाई बोलाएर जिम्मा लगाएको हो।
प्रहरी नायब उपरीक्षक टेक बहादुर कार्कीले विभिन्न कम्पनीका ती मोबाइल खोजी सम्बन्धित धनीलाई बुझाइएको हो। साथै हराएको नगद १० हजार पाँच सय पनि सम्बन्धित धनीलाई बोलाएर जिम्मा लगाइएको कार्कीले बताए ।
मकवानपुर प्रहरीले हराएका तथा चोरी भएका मोबाइल खोजी गरेको थियो। उक्त भेटिएका मोबाइनल १५ हजार ४५ हजार सम्मको हरेका छन् । हराएको मोबाइल हाल लागेपछि खुशी भएकाहरुले प्रहरीलाई धन्यवाद समेत दिएका छन् ।