प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

हेटौंडा उपमहानगरद्वारा ५० जना कर्मचारी माग

२०७९ मंसिर १९, सोमबार १२:४९ बजे

हेटौंडा – हेटौंडा उपमहानगरपालिकाले विभिन्न पदमा ५० जना कर्मचारी माग गरेको छ । उपमहानगरपालिकाले करारमा बिभीन्न पदका लागि ५० जना कर्मचारी माग गरेको हो । बालमैत्री स्थानीय तह घोषणा कार्यक्रमका लागि भनेर सूचना प्रकासीत गर्दै कर्मचारी माग गरिएको हो ।

उपमहानगरपालिकाले नगरसहजकर्ता १ जना, वडा सहजकर्ता १९ जना, तथ्याङक संकलक ३० जना माग गरिएको हो । उपमहानगरपालिकाले बालमैत्री स्थानीय शासन संचालन गर्ने प्रयोजनका लागि आवस्यक जनसक्ति माग गरेर काम सुरु गर्न लागिएको जनाएको छ ।