हेटौंडा – मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नं.५ मा अटो दुर्घटना हुँदा एक जना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा स्थानीय ३३ बर्षीय लक्ष्मण स्याङ्तान रहेका छन् ।
बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका अनुसार हेटौंडा बजारबाट आफ्नै घरमा गएर अटो पार्किङ गर्ने क्रममा ब्याक गर्न खोज्दा अटो दुर्घटना भएको हो । अटो करिब ६० मिटर तल खसेको प्रहरीले जनाएको छ ।
घाइते स्याङ्तानको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । अटो घटनास्थलमा रहेको छ ।