हेटौंडा – सस्तोमा मोटरसाइकल मिलाईदिन्छु भनेर एकान्त स्थान जंगलमा लगेर लुटपाट गर्ने दुई जनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । मकवानपुरको कैलाश गाँउपालिका वडा नं.२ बैकुण्ठ बोटटोल बस्ने २५ बर्षीय बिशाल मुक्तान र सोही स्थान बस्ने ३१ बर्षीय टोकल माईला भन्ने रुद्र मुक्तानलाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुले २०० सिसीको मोटरसाइकल सस्तोमा मिलाईदिन्छु भनेर गत कार्तिक २४ गते दिउँसो साडे २ बजे थाहा नगरपालिका वडा नं. ३ भञ्जाङडाँडास्थित जंगलमा लगेर झापा भद्रपुर नगरपालिका वडा न ३ बस्ने नरेन्द्र लिम्बुको नगद ३० हजार र एक थान मोवाइल लुटपाट गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।
चोरी र लुटपाट गरी फरार भएको भन्ने उजुरीपछि ईप्रका पालुङबाट खटिएको अनुसन्धान टोलीले खोजतलासको क्रममा कार्तिक २६ र २७ गते कैलाश गाउपालिका वडा नं. ०२ स्थितमा लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरेको हो । लुटपाट भएको मध्ये उनीहरुको साथबाट नगद १४ हजार ५० रुपैयाँ बरामद गरिएको उनले बताए ।उनले घटनाको बारेमा अनुसन्धान भइरहेको बताए ।