हेटौंडा – नेपाली कांग्रेस मकवानपुरका पुराना नेता भरत पराजुलीले कांग्रेललाई सरप्राईज(उपाहार) दिएका छन् । कांग्रेसमा हुँदा तीन पटकसम्म उम्मेदवारको लागि नाम सिफारिस भएका पराजुलीले रवि लामिछाने नेतृत्व राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेशसंगै टिकट लिएर सरप्राईज दिएका हुन् ।
पराजुलीलाई राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुर जिल्ला कमिटीको भेलाले प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि मकवानपुर क्षेत्र नं.२ लागि एक्कल उम्मेद्वार सिफारिस गरेको हो । उनले जिल्ला कमिटीको भेलाबाट आफ्नो एक्कल नाम सिफारिस भएकोले मकवानपुर क्षेत्र नं.२ बाट आफ्नो उम्मेदवारी निश्चित भएको प्रहर खबरलाई बताए ।
विभिन्न सञ्चारमध्यममा चुनानी समाचार विश्लेषण हुँदा कांग्रेसबाट उनको नाम कहिले छुट्दैन थियो । आगमी मंसिर ४ गते हुने निर्वाचनमा पनि प्रदेशसभा सदस्य उम्मेदवारी दिने घोषणासहित समाचार आएको थियो । पराजुलीले उम्मेदवारी घोषणा कांग्रेसबाट गरे । तर, उम्मेद्वार राष्ट्रिय स्वतन्त्र पार्टीबाट भए । यो कांग्रेसको लागि बिगेष्ट(ठुलै) सरप्राईज भन्दा फरक नपर्ला ।
बिगेष्ट सरप्राईजले कांग्रेस मकवानपुरमा मापन योग्य हलचल अवश्यनै आएको छ । हलचल नहाओस् पनि कसरी उनी कांग्रेसमा दशकौ देखि राजनीति गरेर जनता माझ राम्रो छवि बनाएका नेता हुन् । जनताकै माग अनुसार जिल्लाबाट तीन पटकसम्म उम्मेद्वारीको लागि नाम सिफारिस भएको बताउँदै उनले भने,“टिक पाउछु होला भनेको, ‘हात्ती आयो, हात्ती आयो फुस्स’ भयो, अब जय नेपाल होइन्, जय नेपालको जय होस् भन्छु ।”
उनले आफ्नो नाम २०६४,०७० र ७४ मा उम्मेद्वारको लागि सिफारिस भएको सुनाए । उनी नेपाली कांग्रेसको क्षेत्रीय सचिव, सभापती, जिल्ला सदस्य, तीन पटक महासमिति सदस्य, गा.वि.स. सभापती भई पार्टीको निर्देशन पालना गरे । उनीसंग २०७०/०७४ को चुनावमा बल बहादुर केसी र प्रकाश शरण महतको संयोजकत्वमा बनेको केन्द्रिय निर्वाचन प्रचारप्रसारको सदस्य भएर काम गरेको अनुभव छ ।
“कांग्रेस बागमती प्रदेशका सभापती इन्द्र बहादुर बानियाँ जिल्ला सभापती हुँदा म सल्लाहाकार थिए, त्यसपछि केन्द्रिय अभिलेख विभागको सदस्य भएर पार्टीमा योगदान गरे, तर पार्टी मेरो योगदानको कदर गरेन्,” उनले भने, “मलाई राष्ट्रिय स्वतन्त्र पार्टीको सिद्धान्त मन पर्यो, जनताको माग हुँदा हुँदै पनि चुनावमा जान पाएको थिइन्, अबसर पनि पाए।” उनले समय मिलाएर पत्रकार भेटघाट कार्यक्रम राख्ने पनि जानकारी दिए ।