प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हेटौंडाका चार युवक प्रहरीको फन्दामा

२०७९ फाल्गुन ९, मंगलबार ०३:०१ बजे

हेटौंडा – हेटौंडा उपमहानगरपालिका– १३ थिङटोलबाट लागुऔषध सहित चार युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा हेटौंडा–१२ बस्ने बर्ष ३२ को जित बहादुर बिश्वकर्मा, बर्ष २१ को अमिरबल तामाङ, बर्ष २७ को किरणराज घलान र बर्ष २७ को अजय मोक्तान रहेका छन् ।

बिशेष सुचनाको आधारमा प्रहरी चौकी पदमपोखरी मकवानपुरबाट खटिएको प्रहरी टोलीले आइतबार थिङटोलस्थित खोल्सामा शंकास्पद रुपमा बसिरहेका अवस्थामा उनिहरु लागुऔैषध सहित पक्राउ परेका हुन् । निजहरुको साथबाट लागुऔषध डाईजेपाम १२ एम्पुल र नाईट्राभेट ५८ ट्याबलेट फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

उक्त लागुऔषध सहित चारै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।