प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

स्थानीय तह निर्वाचनः बागमती गाउँपालिकामा एमालेको ६ वडामा उम्मेद्वार छनौट(नामावलीसहित)

२०७८ चैत्र २४, बिहीबार १३:०६ बजे

हेटौंडा – बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि नेकपा एमालेले बागमती गाउँपालिकाको ६ वटा वडामा उम्मेद्वार छनौट गरेको छ । गाउँपालिकाको वडा नं.१,३,४६,७र८ नम्बर वडाको उम्मेद्वार टुङ्गो लगाएको हो ।

वडा नं.१ बाट वडाध्यक्षको उम्मेद्वारमा यज्ञ बहादुर श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । सदस्यहरुमा सुरेन्द्र राई, दिल बहादुर बोम्जन, कल्पना राई र पुजा कुमारी सुनार चयन भएका छन् ।

त्यस्तै वडा नं. ३ बाट वडाध्यक्षको उम्मेद्वारमा पञ्चलाल भोलन चयन भएका छन् । सदस्यहरुको उम्मेद्वारमा पेमा दोर्जे योञ्जन, विकास पाख्रिन राममाया गोले चयन भएका छन् भने दलित महिला सदस्य छनौट हुन बाँकी छ ।

त्यस्तै वडा नंं. ४ बाट वडाध्यक्षको उम्मेद्वारमा शेर बहादुर पाख्रिन चयन भएको छन् । सुब्बालाल गोले, मेजरमान मुक्तान, गोपिनी विक र धनीमाया भोलन सदस्यको उम्मेद्वारमा छनौट भएका छन् ।

त्यस्तै वडा नं. ६ बाट वडाध्यक्षको उम्मेद्वारमा टेक बहादुर डिम्डुङ चयन भएका छन् । वडासदस्यमा सरिता रखाल, सिता विक, टेक बहादुर राण र सन्त बहादुर सिङतान चयन भएका छन् ।

त्यस्तै वडा नं.७ मा वडाध्यक्षको उम्मेद्वारमा चेत बहादुर पुलामी(शम्शेर) चयन भएको छन् भने वडासदस्यमा नेत्र बहादुर राई, कुमार सारु, श्रृजना थिङ र कविता विक छनौट भएका छन् ।

त्यसैगरी वडा नं.८ मा वडाध्यक्षमा केशव तिमल्सिना, वडासदस्यहरुमा पदम बहादुर मोक्तान, कालु सिं थिङ, सृष्मा भोलन र बिन्दु विक चयन भएका छन् ।

गाउँपालिका वडा नं.२,५ र ९ मा उम्मेद्वार छनौटको उम्मेद्वार छनौट भोली सम्पन्न हुने नेकपा एमाले बागमती गाउँपालिकाले जनाएको छ ।