प्रहर खबर
 २०८३ जेष्ठ २१, बिहीवार    

भारतमा ग्यासको मूल्य बढ्यो

२०७९ असार २२, बुधबार ०७:०१ बजे

नयाँ दिल्ली – भारतमा बुधबार खाना पकाउने ग्यासको मूल्य बढेको छ। ग्यस प्रति सिलिन्डर ५० भारुले बढेको हो। बढेको मूल्य आजैदेखि लागू हुनेछ । समाचार एजेन्सी एएनआईका अनुसार अब राजधानी दिल्लीमा एलपीजी एक सिलिन्डरको १०५३ भारु तिर्नुपर्नेछ ।

त्यसै गरी ५ केजी एलपीजी ग्यासको मूल्य पनि एक सिलिन्डरको भारु १९ ले बढेको छ भने १९ केजीको व्यावसायिक सिलिन्डरको मूल्यमा भने साढे आठ रुपैयाँ घटेको छ । गत साता पनि व्यावसायिक सिलिन्डरको मूल्य करिब दुई सय रुपैयाँ घटेको थियो । बीबीसी