प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मकवानपुरमा बञ्चरो प्रहार गरी श्रीमान् गरे श्रीमतीको हत्या

२०८१ श्रावण २९, मंगलबार १९:५५ बजे

हेटौँडा – मकवानपुरको कैलाश गाउँपालिका—५ काफलडाँडामा एक युवकले बञ्चरो प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेका छन् । बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका अनुसार सोमबार साँझ २८ वर्षीय मंगलबहादुर पाख्रिनले १८ वर्षीया श्रीमती लक्ष्मी पाख्रिनलाई बन्चरो प्रहार गरेका हत्या गरेका हुन् ।

पाख्रिनले श्रीमती लक्ष्मीको टाउको र गर्दनमा बन्चरो प्रहार गरेका थिए । बञ्चरो प्रहारबाट लक्ष्मीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटना भएलगत्तै स्थानीय मंगलबहादुरलाई स्थानीयले नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय पालुङलाई खबर गरेका थिए ।

मंगलबहादुरलाई इलाका प्रहरी कार्यालय पालुङले नियन्त्रणमा लिसकेको जनाइएको छ । उनी मानसिक विरामी रहेको र औषधि सेवन गरिरहेको बुझिएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।