प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

श्रीमानद्वारा श्रीमतिको हत्या

२०८० बैशाख ३१, आईतबार ०८:०५ बजे

हेटौंडा – आफ्नै श्रीमति हत्या अभियोगमा एक जना पक्राउ परेका छन् । काठमाडौं टोखा नगरपालिका–८ स्थित डेरा गरी बस्ने धनकुटा कुरले तेनुपा गाउँपालिका घर भएका ५५ वर्षीय निङमा शेर्पालाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उनीहरूबीच मादक पदार्थ सेवन गरी एकआपसमा झै–झगडा हुँदा निङमाले कुटपिट गर्ने क्रममा मोतीमायाको घटनास्थलमै मृत्यु भएको हो । खबर प्राप्त हुनासाथ प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।