प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मकवानपुरमा पिकअप गाडी दुर्घटना

२०८० भाद्र १८, सोमबार ०६:३९ बजे

हेटौंडा – मकवानपुरको भिमफेदी गाउँपालिका वडा नं.६ जुरिखेतस्थित सडकमा आइतरबार राति डिआई पिकअप गाडी दुर्घटना भएको छ ।

भिमफेदी–कुलेखानी सडकखण्ड अन्तर्गत चित्लाङ्गबाट वीरगञ्ज तरकारी लिएर जाँदै गरेको बा २१ च ८८६७ गाडी बेक्र फेल भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुर प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीले बताए ।

दुर्घटनामा परी सवारी चालक बारा परवानीपुर गाउँपालिका वडा नं.३ बस्ने ४५ बर्षीय बैदनाथ कुसुवाहा घाइते भएका छन् । बायाँ हातमा चोट लगोको उनको प्राथामिक स्वास्थ्य केन्द्र भिमफेदीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।