प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

कांग्रेसबाट हेटौंडाको उपमेयरमा बानियाँ र थाहामा गोपाली

२०७९ बैशाख १२, सोमबार ०५:५५ बजे

हेटौंडा – नेपाली कांग्रेसले हेटौंडा उपमहानगरपालिका र थाहा नगरपालिकाको उपमेयरको उम्मेदवार टुङ्गाएको छ ।

नेपाली कांग्रेस बागमती प्रदेश संसदीय समितिको बैठकले हेटौंडा उपमहानगरपालिकाको उपमेयरमा राजेश बाँनिया र थाहा नगरपालिकाको उपमेयरमा भरत गोपालीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

त्यस्तै काभ्रेको धुलिखेल नगरपालिकाको उपमेयरमा निराजन जंगमलाई उम्मेद्वार बनाउने निर्णय गरेको छ।