हेटौंडा – मकवानपुरको १० स्थानीय तहमा राजनीतिक दलका उम्मेदवारले चुनावप्रचार प्रसार अभियानलाई तीव्रता दिएका छन् । नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा एकिकृत समाजवादी लगायतका राजनीतिक दलका उम्मेदवार घरदैलो अभियानमा व्यस्त छन् ।
आसन्न निर्वाचनमा जिल्लाका १० वटै स्थानीय तहमा नेकपा एमालेले चुनाव प्रचारप्रसार अभियानलाई तीव्रता दिएको छ । गठबन्धन दल नेपाली कांग्रेसले मकवानपुरले पनि आफ्ना उम्मेदवारलाई जिताउन चुनाव प्रचार अभियानलाई तीव्रगतिमा अघि बढाएको छ भने नेकपा एस र माओवादीले पनि घरदैलो अभियान सुरु गरेको जनाएको छ । अन्य दल र स्वतन्त्र उम्मेदवार पनि मतदाताका घरदैलोमा पुग्न थालेका छन् ।
यसैक्रममा नेकपा एमालेले हेटौंडा ११ मा आयोजना गरेको परिचयात्मक कार्यक्रममा केन्द्रिय सदस्य तथा मकवानपुर जिल्ला इन्चार्ज रामेश्वर रानाले एमाले जनताको बाटोमा हिडिरहेको बताए । सुखी नेपाली सम्मृद्व नेपाल बनाउने सपना परमादेशको सरकारले गर्दा अपुरो रहेको र एमालेको सरकारले पुरा गर्ने भएकाले सबैलाई सुर्यमा मतदान गर्न समेत आग्रह गरे ।
यस्तै नेकपा एमालेको ११ नम्बर वडाध्यक्षको उम्मेदवार जुना दहालले अघिल्लो कार्यकालमा वडा सदस्य रहेर विभिन्न खाले विकास निर्माणका कामहरु गरेको र अब आउने चनाबमा आफुलाई मतदान गरी विजय गराएमा बिकास निर्माण, महिला, बालवालिका, युवा लगायत सम्पुर्णलाइ आर्थिक सँग जोडेर लैजाने कार्यक्रम ल्याउने प्रतिबद्वता समेत ब्यक्त गरिन् ।