हेटौंडा – जिल्ला प्रहरी कार्यालय मकवानपुरले फास्टट्रयाकको निर्माण सामाग्री चोरीमा संलग्न चार जनालाई सार्वजनिक गरेको छ । मकवानपुरगढी गाउँपालिका–२ बस्ने ३३ वर्षीय इन्द्र बहादुर बि।क, बकैया गाउँपालिका–१२ कोलखोप बस्ने २२ वर्षीय अबिरल घलान, २४ वर्षीय दिनेश लामा बम्जन र ३२ वर्षीय नारायण बहादुर मोक्तानलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

प्रहरीका अनुसार फलामको सामनहरु अन्दाजी १२/१३ कुईन्टल बराबरको रहेको छ। मकवानपुरको बकैया गाउँपालिका–१२ जितपुरभञ्ज्याङबाट उक्त फलामको सामनहरु ना ५ ख १४४३ नम्बरको बोलेरो गाडिमा चोरी गरि लिएर जाँदै गरेको अवस्थामा अस्थाई प्रहरी पोष्ट जितपुरबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो ।
प्रहरीले बोलेरो गाडिलाई अगाडी अगाडी बाटो देखाउँदै हिड्दै गरेको बा५५ च ८५०२ नम्बरको मोटरसाईकललाई समेत नियन्त्रणमा लिएको छ । उक्त बोलेरो गाडी, मोटरसाइकलसहित चारै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

