हेटौंडा – नेपाल तेक्वान्दो सघ, जिल्ला सघ मकवानपुरद्वारा आयोजित आन्तरिक प्रशासनिक प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम आयोजना भएको छ ।
जिल्ला संघका अध्यक्ष लालकाजीरत्न बज्राचार्यको सभाध्यक्षतामा भएको कार्यक्रमको प्रमुखअतिथि हेटौंडा उपमहानगरप्रमुख मीनाकुमारीले खेल क्षेत्रमा नगरपालिकाले सकारात्मक भएर सहयोग गरिरहेको बताइन् ।
खेल क्षेत्रमा लाग्ने युवाले समाजमा अनुशासित भएर जिम्मेवार नागरिकको भूमिका निर्वाह गरिरहेको पनि नगरप्रमुख लामाले बताइन् । खेल क्षेत्रमा लागेका युवाले नेपाललाई विश्वसामु चिनाएको र खेलाडीलाई थप सुबिधा उपलब्ध गराउन जरुरी रहेको नगरप्रमुख लामाले बताइन् ।
कार्यक्रममा बिषेश अतिथि नेपाल तेक्वान्दो संघका महासचिव तथा तेक्वान्दोका पिता दीपराज गुरुङ, केन्द्रीय कोषाध्यक्ष कासिम मिया, प्रदेश अध्यक्ष केशब पुरी, हेटौंडा नगर खेल्कुद विकास समिति अध्यक्ष रबिन्द्र घिमिरेले अनुशासन, गतिशीलता र मिहेनले खेलाडीलाई अगाडि बढ्न मद्दत गर्ने बताए ।
कार्यक्रममा बरिस्ठ प्रशिक्षक राजेश प्रजापति, बागमति प्रदेश सचिव उमेश नकर्मी, मकवानपुर जिल्ला खेल्कुद विकास समितिका प्रमुख माधब कोइराला, सान्तिदेब पुरी, जिल्ला संघका सल्लाहकार ठाकुरनाथ सुबेदी, भीम राउत, राजेश थापालगायतको आतिथ्यता रहेको थियो ।