प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

आज महाशिवरात्रि: हेटौडाको पशुपति मन्दिरमा दर्शनार्थीको भीड(फोटो फिचर)

२०७९ फाल्गुन ६, शनिबार ०३:१६ बजे

हेटौंडा – महाशिवरात्रि पर्व आज देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइँदै छ । प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी आज देशभर मनाउन लागिएको हो ।

त्यस्तै हेटौंडा–४ स्थित भुवनेश्वर (पशुपति)मन्दिरमा विहानै देखि दर्शनाथीको घुँइचो लागेको छ । आज मन्दिरमा २५ हजार भन्दा बढी दर्शनार्थी दर्शन गर्न आउने अनुमान छ । मन्दिर बेलुका ९ बजेसम्म खुल्ला रहने र बेलका ६ बजेपछि प्रसाद वितरणको कार्यक्रम पनि रहेको छ ।