हेटौंडा – गएराति सडकमा विग्रिएर रोकी राखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक सर्लाहीकै गोडैता नगरपालिका ४ बस्ने अंन्दाजी ३२ वर्षिय बिश्वजित हजारी रहेका छन् ।
सर्लाहीको वागमती नगरपालिका–२ स्थित सडकमा रोकी राखेको ना.५ ख ७५६४ नंम्बरको उखु लोड गरेको ट्रकमा बरहथवाबाट नयाँरोडतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००४ प १५९३ नंम्बरको मोटरसाइकल गएराती पौने १ बजे ठोकिएको ईलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ । ट्रक चालक फरार भएकाले खोजी भईरहेको प्रहरीले जनाएको छ ।