प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

महिला साफ: भारतविरुद्ध नेपाललाई अग्रता

२०७९ भाद्र ३१, शुक्रबार १२:४० बजे

काठमाडौं – काठमाडौंमा जारी छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको दोस्रो सेमिफाइनलमा नेपालले भारतविरुद्ध बनाएको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा नेपालले भारतविरुद्ध १–० गोलको अग्रता बनाएको हो ।

नेपाललाई रश्मी कुमारी घिसिङले गोल गरिन् । उनले पहिलो हाफको इन्जुरी समयमा गोल गरेकी हुन् ।

यसअघिको पहिलो सेमिफाइनल खेलमा भुटानलाई ८–० ले हराएर बंगलादेश फाइनल प्रवेश गरिसकेको छ ।