प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

हेटौंडाको तरकारी तथा फलफूल थोक बजारमा आगलागी

२०७९ कार्तिक १०, बिहीबार ०८:३७ बजे

हेटौंडा – बिहिबार दिउँसो हेटौंडा उपमहानगरपालिकाको तरकारी तथा फलफूल थोक बजारमा आगलागी भएको छ।

हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१० टिसिएनरोडस्थित एक होटलमा विद्युत सर्ट भएर आगो लागेको प्रहरी जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीले जानकारी दिए। 

उनको अनुसार एक होटल र तरकारी तथा फलफूल थोक बजारको आधा दर्जन सटर पुर्णरुपमा जलेर नष्ट भएको छ । आगलागी सोमबार दिउँसो साढे १ बजेतिर भएको हो।

अहिले हेटौंडा उपमहानगरको दुईवटा वारुणयन्त्र, प्रहरी, स्थानीयको सहयोगमा आगो पुर्णरुपमा नियन्त्रणमा आएको उनले बताए । क्षतिको विवरण आउँन बाँकी छ ।