प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

मकवानपुरमा आफ्नै कोठाभित्र एक महिला मृत फेला

२०८० माघ १०, बुधबार १७:०८ बजे

हेटौंडा – मकवानपुरको थाहामा एक महिला आफ्नै घरको कोठामा मृत फेला परेकी छन् ।

मंगलबार साँझ थाहा नगरपालिका वडा नं.५ फुर्के बस्ने अन्दाजी ६० बर्षीया ठुलीमाया रुम्बा आफ्नै घरमा सुतिरहेको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

शव पोष्टमाटमका लागि टिचिङ अस्पतालमा राखिएको बताईएको छ । घटनाको बारेमा इलाका प्रहरी कार्यालय पालुङले अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।