प्रहर खबर
 २०७९ आश्विन २१, शुक्रबार    

मानेभन्ज्याङमा बलेरो र मोटरसाइकल ठोक्किँयो, एकैपरिवारका तीन घाइते

२०७९ असार ३०, बिहीबार १८:४३ बजे

हेटौंडा – ओखलढुङ्गाको मानेभन्ज्याङमा बलेरो र मोटरसाइकल आपसमा ठक्कर खाँदा एकैपरिवारका तीन जना घाइते भएका छन् । मानेभन्ज्याङ गाउँपालिका ९ बालेथाममा प्रदेश ३००८ प ५४९८ नम्बरको मोटरसाइकल र प्रदेश ३ ०१ ००२ च ७२५२ नम्बरको बलेरो जिप बिहीबार दिउँसो साढे १२ बजे आपसमा ठोक्किँएको थियो ।

घाइते हुनेमा मोटरसाइकल चालक मानेभन्ज्याङ गाउँपालिका २ बस्ने ३७ वर्षीय सन्तोष कार्की, पछाडी सवारी उनकी ३५ वर्षीया श्रीमती मुना खतिवडा र २ वर्षीय छोरा समुनत रहेका छन् । घाइते तीनैजनाको सामुदायिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुबै सवारी साधन सहित बलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।