प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

बागमती प्रदेशको तीन जिल्लामा एकैदिन ६ जनाको मृत भेटिए

२०७९ फाल्गुन १०, बुधबार ०३:२१ बजे

हेटौंडा – बागमती प्रदेशको चितवन, धादिङ र सिन्धुलीमा गरी मंगलबार एकैदिन ६ जनाको मृत भेटिएका छन् । जसमध्ये तीन जना हात्महत्या र तीन जना अवस्थामा फेला परेका हुन् ।

प्रहरीका अनुसार चितवनमा तीन जना मृत अवस्थामा भेटिएका छन् । जिल्लाको भरतपुर महानगरपालिका–२३, मदिपुर स्थित बस्ने ४५ वर्षीय कमल विश्वकर्मा स्थानीय केरुङ्गा खोलामा मृत अवस्थामा फेला परेकी थिइन् ।

चितवनकै रत्ननगर नगरपालिका–९ लालपर्सा स्थित भित्री सडक खण्डको बाटोको छेउमा स्थानीय ६१ वर्षीय चन्द्र बहादुर लामा मृत अवस्थामा फेला परेका छन् । उनको जंगली जनावरको आक्रमणमा परी मृत्यु भएको प्रहरीले जनाएको छ ।

भरतपुर महानगरपालिका–२९ साततलेस्थित भद्रेघारी भन्ने स्थानमा स्थानीय १७ वर्षीया शिखा गुरुङ झुण्डिएको अवस्थामा फेला परेकी थिइन् । उनी आफ्नो घर नजिकै रहेको दाउरा राख्ने कटेरोको बलोमा मृत फेला परेको प्रहरीले जनाएको छ।

त्यस्तै सिन्धुलीको मरिण गाउँपालिका–५ घर भई हाल कमलामाई नगरपालिका–५ मिलनचोकस्थित कोठा भाडामा बस्ने २३ वर्षीया सपना बम्जनको मृत फेला परेकी छन् । उनी आफु सुत्ने कोठाको सिलिङको हुकमा झुण्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जानकारी दिएको छ ।

यसैगरी धादिङको धुनिबेशी नगरपालिका–९, सोलढुङ्गास्थित बस्ने ३० वर्षीय चन्द्र बहादुर तामाङले आफ्नै घरमा काठको निदालमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।

छ वटै घटनाको बारेमा अनुसन्धान भइरहेको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडाले जानकारी दिएको छ ।