प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हेटौंडा चाईनाक्वाटरबाट दुई जना पक्राउ

२०७९ माघ ६, शुक्रबार १४:३० बजे

हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१ चाईनाक्वाटरबाट लागुऔषध गाँजा सहित दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पर्सा बिरगंज–४ बिर्ता बस्ने २३ वर्षीय दिपक थापा र बिरगंज–३ बस्ने ४० बर्षीय जाकिर हुसेन रहेका छन् ।

चाईनाक्वाटरमा संकास्पद किसिमले ना.४१ प १६३० नम्बरको मोटरसाइकलमा सवार उनिहरुलाई शुक्रबार दिउँसो दुई २ किलो गाँजासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

उनिहरुलाई गाँजासहित नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।