हेटौंडा – मकवानपुरको मनहरी गाउँपालिका वडा नं.७ स्थित बिजौनामा गुडिरहेको बसबाट हामफाल्दा एक युवती घाइते भएका छिन् । घाइते हुनेमा ओखलढुङ्गा मुलखर्क गाउँपालिका–८ बस्ने २१ वर्षीया दुर्गा गौतम रहेकी छन् ।
पुर्व–पश्चिम सडक खण्ड अन्तर्गत वीरगञ्जबाट चितवन तर्फ जाँदै गरेको ना.३ ख ७८२० नम्बरको बसबाट हामफाल्दा लडेर गौतम घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवापनुरले जनाएको छ ।
प्रहरीका अनुसार गौतम् ओखलढुङ्गाबाट मनहरी बिजौनास्थित दिदीको घर आएकी थिइन् । बिजौनामा आईपुगेपछि गुडिरहेको बसबाट रोक्नु भन्दा अगाडि ओर्लन खोज्दा लडेर उनको निधारमा गहिरो चोट लागेको प्रहरीले जनाएको छ ।
प्राथामिक स्वास्थ्य केन्द्र मनहरीमा सामान्य उपचार पश्चात उनको अवस्था गम्भिर रहेको थप उपचारको लागि भरतपुरतर्फ पठाइएको प्रहरीले जनाएको छ । बस र बस चालक प्रहरीको नियन्त्रणमा रहेको छ ।