हेटौंडा – अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) मकवानपुरले आफ्नो माग पुरा नभए आन्दोलन गर्ने चेतावनी दिएको छ । शुक्रबार पत्रकार सम्मेलन आयोजना गरी आफुहरुले जिल्लाभित्रका शैक्षिक गुणस्तर सुधार र विकृती अन्त्यको लागि राख्दै आएको माग पुरा नभए आन्दोलन गर्ने चेतावनी दिएको हो ।
यसअघि मकवपानुरका तत्कालिन प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डे र हेटौंडाकी मेयर मिना कुमारी लामालाई विभिन्न मागसहित ध्यानार्कषण पत्र बुझाएका थिए । विद्यार्थीलाई उपलब्ध गराउदै आएको दिवा खाजाको रकम १५ बाट बृद्धि गरी २५ पु¥याउने, निजी शैक्षिक संस्थाले गरेको शुल्क वृद्धि फिर्ता, सामुदायिक विध्यालयले अंग्रेजी माध्यमको नाममा लिदै आएको शुल्क खारेज, नगर बस तथा छात्राबासको ब्यवस्था गर्नुपर्ने लगायतका मागसहित पत्र बुझाएको थियो ।
सार्वजनिक यातायातामा विद्यार्थीहरुलाई ४५ प्रतिशत छुट, विद्यालय आसपास धुम्रपान, मध्यपान, सुर्तिजन्य पदार्थ बिक्रीवितरणमा रोक, निजि शैक्षिक संस्थाले पोसाक खरिदमा एकाधिकारको अन्त्य, सरकारी विद्यालयमा भएको पुस्तक अभावलाई हटाउनु पर्ने उनिहरुको माग छ । आफुहरुले राखेको मागको विषयमा हेटौंडा उपमहानगरले कुनै साचो नदेखाएको भन्दै पत्रकार समक्ष आउनु परेको अनेरास्ववियु मकवानपुरका अध्यक्ष विशाल पौडेलले बताए । मागलाई सम्बोधन नभए विद्यार्थीहरु चरणबद्ध रुपमा आन्दोलनमा उत्रिने पौडेलको भनाइ छ ।
यस्तो छ नेकपा एमाले निकट विद्याथी संगठन अनेरास्ववियुको १२ बुँदे माग

.jpg)