प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

गाँजा सहित हेटौंडाबाट घलान र थिङ पक्राउ

२०८१ मंसिर १२, बुधबार ०७:३५ बजे

हेटौंडा – पुर्व पश्चिम लोकमार्ग अन्तर्गत हेटौडा उपमहानगरपालिका वडा नंबर–१९ तिनताप्केबाट ७१ किलो लागुऔषध गाँजा सहित २ जना पक्राउ गरिएको छ ।

मनहरीबाट हेटौडातर्फ जादै गरेको प्रदेश ३–०१–०२४ च ३०५९ नंबरको पिकअप गाडीलाई रोकी चेकजाँच गर्ने क्रममा मकवानपुर राक्सीराङ गाउँपालिका वडा नंबर– ९ बस्ने २० वर्षिय मिलन घलान र सोही गाडीमा सवार सोही स्थानका २६ वर्षिय दावा थिङलाई गाँजा सहित पक्राउ गरिएको हो ।

उनीहरुले गाडीको चालक बस्ने सिट मुनी लुकाई छिपाई गरी राखी ल्याईएको अवस्थामा ७१ किलो ७ सय ग्राम लागूऔषध गाँजा फेला परेको हुदाँ उक्त लागूऔषध, पिकअप गाडी सहित निजहरु घलान र थिङलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक स्यामु अर्यालले बताए ।